दार्चुला असोज ३१ । गत भदौ १३ गते राति परेको विनासकारी बाढी र पहिरोमा परि दुहुँ गाउँपालिकाका विस्तापित एवम् घरबारविहिन परिवारहरुलाई सहयोग रकम संकलन भैरहेको छ । यसै क्रममा दुहु गाउँपालिका वडा न. २ घर भई महेन्द्र नमुना माध्यामिक विद्यालयका प्रशिक्षक,असल एवम् बौद्धिक व्यक्तित्व नरेन्द्र बहादुर कार्कीले ५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्नु भएको छ । दुहुँ गा.पा बाढिपहिरो पीडित हरुलाई सहयोग संकलन समिति मार्फत नगद रुपैयाँ सहयोग गर्नु भएको समितिका कोषाध्यक्ष पुरन सिह साहुले वताए । दुखको वेला सहयोग गरेको भन्दै सहयोग संकलन समितिले कार्कीलाई धन्यवाद दिनु भएको छ । विपद्को वेला वाढी पहिरो पिडीतलाई सान भएपनि चर्किएको घाउँमा मलम लगाउने प्रयास गरेको कार्कीले वताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय