दार्चुला । १८ वर्ष मुनिको पुरुष कबड्डि प्रतियोगिताको उपाधी महाकाली नगरपालिका “बी” ले हात पारेको छ । यहि असोज ८ गते देखि जारी रहेको महाकाली नगर युवा तथा खेलकुद परिषद द्धारा आयोजना गरिएको १८ बर्ष मुनिको पुरुष कबड्डि प्रतियोगिताको उपाधी महाकाली “बी” ले हात पारेको हो । विहिबार आज सम्पन्न प्रतियोगितामा महाकाली नगरपालिका “बी” र महेन्द्र नमुना माविलाइ जम्मा ४० मिनेटमा खेलाइएको खेलमा महाकाली “बी” ले ८४–२८ अंकले नमुना माविलाई हराउदै प्रतियोगिताको उपाधी आफनो पक्षमा पारेको हो ।
स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद, भन्ने मुल नाराका साथ गएको सोमबारबाट प्रतियोगिताको आयोजना गरिएको थियो । यो संगै प्रतियोगिताको विजेता टिम महाकाली “बी”ले १० हजार पुरस्कार पाएको छ भने उप विजेता महेन्द्र नमुना मावि खलंगाले ५ हजारमा चित्त बुझाएको छ । प्रतियोगिताका विजेताहरुलाई सिल्ड मेडलका साथै प्रमाण पत्र प्रदान गरिएको छ । यस्तै विशेष पुरुष्कार वेष्ट रेडर,वेष्ट डिफेन्सरमा महाकाली नगरपालिका “बी”का नविन विष्ट र अल राउण्डरमा गेविन्द कुवरलाइ प्रदान गरिएको छ । प्रतियोगितामा नगर पालिका भित्रका ८ वटा टिमको सहभागिता रहेको थियो ।
खेलहरु लिंग चरणमा लेखाइएका थिए । कार्यक्रम नगर युवा तथा खेलकुद परिषदका अध्यक्ष लोकविक्रम सामन्तको अध्यक्षता एवम महाकाली नगरपालिका उप प्रमुख दुर्गा खत्री बिष्टको प्रमुख आतिथ्यतामा सप्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी किरण जोशी, महाकाली नगरपालिक निमित्त प्रमुख प्रशासकिय अधिकृत नर सिंह बडाल जिल्ला कबड्डि संघ अध्यक्षका डम्बर खत्री, जिल्ला खेलकुद समिति सचीव श्याम राज अवस्थी लगायत स्थानीयहरुको सहभागिता रहेको थियो ।
