दार्चुला असोज ३१ । नेपाल सरकारका कानून, न्याय तथा संसदिय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडू र प्रतिनिधि सभा सदस्य गणेश सिह ठगुन्ना गृह जिल्ला दार्चुला आउने भएका छन । कार्तिक पहिलो साता द्धय नेताहरुको गृहजिल्ला भ्रमण रहने जनाईएको छ । पार्टी कार्यकर्ता भेटघाट र विभिन्न राजनीतिक कार्यक्रममा सहभागिता जनाउन दुबै जना नेता दार्चुला आउन लागेका वताईएको छ । प्रतिनिधि सभा सदस्य ठगुन्ना सोमबार दार्चुला आइपुग्ने कार्यक्रम तय भएको छ ।

नेपाल सरकारका कानून, न्याय तथा संसदिय मामिला मन्त्री एवम कांग्रेश प्रभावशाली नेता बडू मंगलबार दार्चुला आइपुग्दै कार्यक्रम रहेको कांग्रेस दार्चुलाले जनाएको छ । नेपाल सरकारका कानून, न्याय तथा संसदिय मामिला मन्त्री समेत रहनुभएका कांग्रेश नेता दिलेन्द्रप्रसाद बडू मन्त्रीको कार्यभार सम्हालेपछि कार्यकर्ता भेटघाटका लागि पहिलो पटक गृह जिल्ला दार्चुला आउँदै हुनुहुन्छ ।

मन्त्री बडू कात्तिक २ गते शैल्यशिखर नगरपालिका ९ गोकुलेश्वर पुग्ने र ४ गते दार्चुलाबाट फर्किने कार्यतालिका रहेको उनको निजी सचिवालयले जनाएको छ । जिल्लामा मन्त्री बडूले कांग्रेस कार्यकर्ताहरुसंगै जिल्ला स्थित कार्यालयका प्रमुखहरुसंग छलफल गर्ने कार्यक्रम तय भएको छ । प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्ना कार्यकर्ता भेटघाट र विभिन्न राजनीतिक कार्यक्रमहरुमा सहभागि हुन शनिबार काठमाण्डौबाट दार्चुला आउने भएका छन ।

नेता ठगुन्ना कार्तिक १ गते दार्चुलाको शैल्यशिखर नगरपालिका ९ गोकुलेश्वर पुग्ने र १ गतेदेखि नै कार्यकर्ता भेटघाट गर्ने कार्यक्रम रहेको जनाईएको छ । कार्तिक २ गते जिल्ला कमिटी सचिवालय बैठकमा सहभागिता जनाउने कार्यक्रम तय भएको छ । प्रमुख पार्टीका द्धय नेताहरु दार्चुला आउन लागेसंगै दशै मनाउन गाउँघर गएका नागरीक जिल्ला सदरमुकाम खलंगामा फर्किन थालेका छन ।


हार्दिक श्रद्धाञ्जली

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय