दार्चुला असोज ३१। विदेशी मुद्रासहित दार्चुलामा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दुहुँ गाउँपालिका १ पिपलचौरी बस्ने ३० वर्षीय तेज बहादुर बम प्रक्राउ परेका छन । शुक्रवार राति महाकाली नगरपालिका ४ बांगाबगडबाट गस्तीमा खटिएको प्रहरी टोलीले बमलाई अवैध विदेशी मुद्रा र अन्य नगदसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक मनोहर प्रसाद भट्टले जानकारी दिए ।

पक्राउ परेका बमको साथबाट प्रहरीले मलेसियन रिङ्गीट २ थान, चिनियाँ युआन १ थान, इरानी दिनार एक हजारको १ थान, भारतीय ५ सय रुपैयाँका ९६ थान, २ सयको १ थान, १ सयको १७ थान र नेपाली रुपैयाँ १ हजारको १ सय ६७ थान, ५ सयको १ सय ५९ थान बरामद गरेको छ ।

पक्राउ परेका उनलाई आवश्यक अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय कोहलपुर बाँके बुझाइएको प्रहरी नायव उपरीक्षक भट्टले बताए । उनी विरुद्ध विदेशी मुद्रा अपचलन कसुरमा कारबाही चलाइने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय