कैलाली : बैतडीको दोगडाकेदार गाउँपालिकाकाे वडा नम्बर ८ कटौजपानी स्वास्थ्य चौकीमा आकस्मिक सेवा सन्चालन गरिएको छ । कटौजपानी स्वास्थ्य चौकीमा आकस्मिक सेवाको आइतबार उद्धघाटन गरिएको स्वास्थ्यकचौकीमा कार्यरत अनमी रमिता जोशीले जानकारी दिए।

दोगडाकेदार गाउँपालिकाको वडा न.८का वडाध्यक्ष महेन्द्र बिष्ट , स्वास्थ्य चौकीका प्रमुख महेश सिंह बिष्ट वडा सचिव रामबहादुर बिष्टको उपस्थितिमा आकस्मिक सेवाको औपचारिक रुपमा उद्धघाटन गरिएको अनमी जोशीले बताए । चौकीमा अब २४ सै घण्टा नागरिकहरुलाई सेवा दिने उनले बताए ।

आकस्मिक सेवा सञ्चालनमा आएपछि नागरिकहरुलाई सेवा लिन सहज हुने स्वास्थ्य चौकी प्रमुख बिष्टको भनाई छ। आकस्मिक सेवा र अरु सामान्य उपचार सेवा लिन अन्यत्र जानुपर्ने यहाँका नागरिकहरुको बाध्यता अब बिस्तारै हट्ने वडाध्यक्ष बिष्टलेे बताए । यस्तै दोगडाकेदार गाउँपालिकाको कार्यपालिका बैठकले पालिका भित्र रहेका स्वास्थ्य संस्थाहरूमा चौबिसै घण्टा हाल कार्यरत जनशक्तिले नै आकस्मिक सेवा उपलब्ध गराउने निर्णय गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय