कैलाली :बझाङमा भूकम्पपछि आएको पहिरोमा परेर एक महिलाको मृत्यु भएको छ । मंगलबार दिउँसो गएको ६.३ रेक्टरस्केलको भूकम्पपछि आएको पहिरोमा परेर जयपृथ्वी नगरपालिका ११ स्थित मयानास्थित ओखलकी करिब ४० वर्षीया गुनमति धामीको मृत्यु भएको प्रहरीको भनाइ छ । उनको टिमुर टिप्न गएका बेला माथिबाट खसेको ढुङ्गा टाउको लाग्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।

भुकम्पमा परि १३ जना घाइते भएका छन् । ती मध्य २ जनालाई थप उपचारको लागी धनगढी पठाइएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक भरत शाहले जानकारी दिनुभयो ।

भुकम्पका कारण यहाका दर्जनौं घरहरु भत्किएका छन् । विद्यालय र पुराना सरकारी कार्यालयमा पनि क्षति पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय