दार्चुला । जिल्लाको अपिहिमाल गाउँपालिकामा गाउँपालिका अध्यक्ष पुरुष टि–२० क्रिकेट प्रतियोगिता संचालन हुने भएको छ । गाउँपालिकाको आयोजनामा क्रिकेट प्रतियोगिता आउदो कार्तिक १० गते देखी संचालन हुने बताइएको छ ।

पछिल्लो समय खेलाडीहरुमा क्रिकेटको क्रेज रहेको भन्दै गाउँपालिकाले प्रतियोगिता संचालन गर्ने तयारी थालेको हो । गाउँमा रहेका क्रिकेट प्रतिभाहरुलाई उजागर गर्न तथा खेलाडीहरुको क्रिकेट खेल प्रतिको आकर्षण बढाउन अन्तरपालिका क्रिकेट प्रतियोगिताको आयोजना गर्न लागिएको गाउँपालिकाले जनाएको छ । प्रतियोगितामा भाग लिन ईच्छुक खेलाडीहरुले कार्तिक १ गते सम्म टिम दर्ता गर्न पाउने बताइएको छ ।

टिम दर्ताका लागि १५ हजार ५५५ रुपैया शुल्क लाग्ने गाउँपालिकाले जनाएको छ । प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने टिमले १ लाख ५१ हजार १११ नगद, मेडल प्रमाणपत्र तथा ट्रफी प्राप्त गर्ने बताइएको छ  । द्धितिय स्थान हासिल गर्ने टिमले नगद १ लाख १ हजार १११ रुपैया मेडल प्रमाणपत्र तथा ट्रफी प्राप्त गर्ने आयोजकले जनाएको छ । खेल गाउँपालिकाको सम्तेली खेल मैदानमा खेलाइने अपि हिमाल सहकर्मी तथा अपि हिमाल खेलकुद विकास समिति सदस्य भकत सिह धामीले जानकारी दिए ।

प्रतियोगितामा प्लेयर अफ दी टुर्नामेन्टले १० हजार, बेष्ट बलर, ब्याटर, इर्मजिङ प्लेयर ५ हजार, म्यान अफ दी म्याच १ हजार नगद तथा ट्रफी मेडल प्राप्त गर्ने जनाइएको छ । खेल नकआउटका आधारमा खेलाइने छ ।

सूचना हेर्नुहोस । 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय