दार्चुला कार्तिक ०१ । भारतको आन्द्र प्रदेश तथा ओडिशाको तटीय क्षेत्र आसपास रहेको न्यून चापिय प्रणाली र विकसित हुँदै गएको पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले जिल्लामा भारी वर्षा भैरहेको छ ।

वर्षाका कारण वाली नाली र खर भित्राउने किसानहरुलाई समस्या भएको छ । जिल्लाको सबै जसो क्षेत्रमा यो बेला मकै भित्र्याउने, धान काट्ने र खर काट्ने काम भैरहेको छ । लेकम क्षेत्रमा खेत जोत्ने, दुहूँ क्षेत्रमा मकै भाच्ने र खर काट्ने, मार्मा क्षेत्रमा धान काट्ने र खर काट्ने काम भैरहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले ३ दिन सम्म लगातार वर्षा हुने जानकारी गराए सँगै किसानहरुमा चिन्ता पलाएको छ । मकै भित्र्याउन शुरु गरेको २ दिन भयो मकै खेतमै छ, कुहीने प हो की भन्ने चिन्ता बढेको दुहुँ गाउँपालिकाका किसान पाना देवी जोशीले भने ।

गत भदौ १३ गते राति आएको विनासकारी बाढी र पहिरोले खेतबारी र खर फागला पहिरोमा परे पहिरोले बाकि राखेको केहि भु–भागमा खर काटेको थिए मनसुनी वर्षा सुरु भयो कुहिएर जाने निश्चित भैसकको हिउँदको समयमा गाई र भैसीलाई के खुवाउने हो दुहुँ गाउँपालिकाका वडा नम्वर ५ सुत्खोलाका मान सिह बडालले भने । आईतवार राति देखी निरन्तर रुपमा वर्षा भैरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय