कैलाली। विश्व मानसिक स्वास्थ्य दिवस २०२३ को अवसरमा स्वास्थ्य कार्यलय कैलालीको आयोजना तथा कोशिश नेपाल र टिपीओ नेपाल सिएमसि नेपाल, हुम्यान नेपालको समन्वयमा जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर १३ स्थित रहेको दृष्टि फाउन्डेसनलाई सहयोग गरी दिवस मनाएको छ ।
“मानसिक स्वास्थ्य सवैको अधिकार हो” भन्ने नाराका साथ दृष्टि फाउन्डेसनमा रहेका घरवार विहिन, मानसिक स्वास्थ्य समस्या भएका, महिलाहरुको लागी, औषधी र कम्मल वितरण गरी उक्त दिवस मनाएको स्वास्थ्य कार्यालय कैलालीका हेल्थ असिस्टेन्ट मिनबहादुर धामीले जानकारी दिए ।
कार्यक्रममा स्वास्थ्य क्षेत्रका प्रमुख एवम् प्रतिनिधी, सरकारी तथा गैरसरकारी संघसंस्थाका पदाधिकारीहरु र पत्रकारहरुको उपस्थिति रहेको थियो ।
