दार्चुला कार्तिक ०१ । जिल्लाको ब्याँस गाउँपालिका वडा नम्वर १ तिंकरमा भारी हिमपात भएको छ । आइरतबार रातीबाट भएको वर्षाका कारण तिंकर गाउँमा अढाई फिट हिमपात भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरिक्षक माधव विस्वकर्माले जानकारी दिए । तिंकर प्रहरी चौकीका अनुसार सो क्षेत्रमा सोमबार विहानैबाट हिमपात भइरहेको जनाईएको छ । चिसोका कारण असोज ३० गतेबाटै खानेपानीको पाइप जाम भएर पानीको आपुर्ति हुन नसकेको प्रहरीले जनाएको छ ।
तिंकरमा हिमपात भएपछि सदरमुकाम खलंगा लगायतका स्थानमा चिसो बढेको छ । ब्याँस गाउँपालिका–१ तिंकरमा सौका समुदायको बसोबास रहेको छ । भारी हिमपात भएपछि त्याहाको जनजिवन कष्टकर भएको प्रहरीले जनाएको छ । अहिले पनि तिंकरमा हिमपाती जारी रहेको जनाइएको छ । पश्चिमी वायुका कारण वर्षा भएपछि दार्चुलामा यसवर्षको पहिलो हिमपात भएको हो ।
ताजा समाचार
लोकप्रिय
© 2025, All right reserved to siddatopikhabar
Made with ❤️ By Gorkhaly Labs