कैलाली। दार्चुलाको अपिहिमाल गाउँपालिकामा आजबाट वडा स्तरीय पुरुष टि–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ ।
अपिहिमाल गाउँपालिकाको आयोजनामा तथा गाउँपालिका खेलकुद विकास समितीको सहजिकरणमा वडा स्तरीय प्रथम अध्यक्ष पुरुष टि–ट्वान्टी क्रिकेट प्रतियोगिता आजबाट सुरु भएको हो ।
प्रतियोगितामा प्लेयर अफ दी टुर्नामेन्टले ५ हजार (मेडल तथा ट्रफी) , बेष्ट बलर, ब्याटर, इर्मजिङ प्लेयर २५ सय (मेडल तथा ट्रफी) म्यान अफ दी म्याच ५ सय नगद तथा ट्रफी मेडल प्राप्त गर्ने र पुरस्कारमा रितपुर्वक करकट्टी हुने समेत जनाइएको छ । खेल टि–ट्वान्टी फरम्याट लिगकम नकआउटका आधारमा भईरहेको छ ।
यस अघिको सुचनामा आयोजना गर्ने भनेको अन्तर पालिका स्तरीय क्रिकेट प्रतियोगितामा अरु पालिकाबाट टिम दर्ता हुन नसके पछि पालिकाले वडा स्तरिय क्रिकेट प्रतियोगिताको आयोजना गरेको हो ।

