धनगढी, । बैतडीको मेलौलीमा जेष्ठ नागरिक दौड प्रतियोगिता हुने भएको छ । मेलौली नगरपालिका –७ ले जेष्ठ नागरिक १०० मिटर दौड प्रतियोगिता सञ्चालन गर्न लागेको हो । वडा स्तरीय खेलकुद बिकास समितिको आयोजना र वडा कार्यालयको आर्थिक सहयोगमा यहि कार्तिक १५ गतेदेखि प्रतियोगिता सञ्चालन हुने जनार्ईएको छ ।

 

जेष्ठ नागरिक दौड प्रतियोगिता प्रथम हुनेलाई ९ हजार, द्धित्तिय हुनेलाई ७ हजार, तृतीय हुनेलाई ५ हजार र सहभागि सबैलाई उचित पुरुस्कार सहित प्रमाणपत्र प्रदान गरिने वडा अध्यक्ष रामचन्द्र भट्टले बताएका छन । वडा कार्यालयले गत बर्ष पनि जेष्ठ नागरिक दौड प्रतियोगिता आयोजना गरेको थियो । जसमा जेष्ठ नागरिकहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय