बैतडी– बैतडीमा १८ बर्षीया किशोरीमाथि जबरजस्तीकरणी गरेको आरोपमा एक किशोर पक्राउ परेका छन् । जिल्लाको पञ्चेश्वर गाउँपालिका ४ की १८ बर्षीया किशोरीमाथि जबरजस्तीकरणी गरेको आरोपमा सोही ठाउँका १८ बर्षीय किशोर पक्राउ परेका हुन् ।

 

ती किशोरले किशोरीलाई असार २७ र भदौ २३ गते राति घरमै बोलाएर जबरजस्तीकरणी गरेको भन्ने उजुरीको आधारमा किशोरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए । आइतबार पक्राउ परेका किशोरमाथि अदालतबाट ५ दिनको म्याद थपेर अनुसन्धान भइरहेको उनले बताए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय