दार्चुला । बुधबार जिल्ला सदरमुकाम खलंगामा जिल्ला स्तरीय खुल्ला पुरुष कबड्डी प्रतियोगिताको उद्घाटन गरिएको छ । जिल्ला कबड्डी संघको आयोजनामा प्रतियोगिताको उद्घाटन गरिएको हो ।
स्थानीय स्तरमा कबड्डी खेलको पहुँच अभिवृद्धि गर्ने र खेलाडीहरुको प्रतिभा प्रष्फुटन गर्ने उद्धेश्यका साथ प्रतियोगिताको उद्घाटन गरिएको जिल्ला कबड्डी संघका सचिव नविनराज जोशीले जानकारी दिए ।
जिल्ला कबड्डीसंघका अध्यक्ष डम्मर जोशीको अध्यक्षतामा उद्घाटन गरिएको कार्यक्रममा महाकाली नगरपालिकाका नगर प्रमुख नर सिह चैसिरको प्रमुख अतिथि रहेका थिए ।
उद्घाटनशत्रमा सुदुरपश्चिम प्रदेश आर्थिक मामिला मन्त्रालयका उप सचिव सिद्धराज जोशी दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशी सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाका गणपति डम्मर बहादुर विष्ट जिल्ला प्रहरी कार्यालय दार्चुलााक प्रहरी प्रमुख डिएसपी शिव बहादुर सिंह लगायत विभिन्न राजनितिकदलका प्रतिनिधि विभिन्न खेलसंग सम्बन्धीत प्रमुखहरु लगायत संन्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।
खुल्ला पुरुष कबड्डी प्रतियोगिता महाकाली नगरपालिका वडा नम्बर ४ स्थित खुला मन्चमा संञ्चालन भइरहेको छ । प्रतियोगितामा जम्मा ७ वटा टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताको बिजेता टिमले नगद ५५ हजार ५ सय, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपबिजेता टिमले नगद रुपैयाँ २१ हजार १२१, शिल्ड, मेडल र प्रमाणपत्र र तृतीय हुने टिमले नगद रु. ११ हजार १११, मेडल प्रमाणपत्र हात पार्नेछ ।
यस्तै बेष्ट रेडरलाई नगद रु. १ हजार १११, ट्रफि र प्रमाणपत्र, बेष्ट डिफेन्डरलाई पनि नगद रु. १ हजार १११, ट्रफि र प्रमाणपत्र, बेष्ट अलराउन्डरलाई नगद रु. १ हजार ५०५, ट्रफि र प्रमाणपत्र तथा अनुशासित खेलाडीलाई नगद २ हजार ५ रुपैयाँ र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिता तीन दिनसम्म संञ्चालन हुने बताइएको छ ।
