धनगढी, । जाजरकोटमा गएराति गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १५४ पुगेको छ । पछिल्लो प्राप्त विवरणअनुसार जाजरकोटमा ९२ र रुकुम–पश्चिममा ६२ जनाको मृत्यु भएको हो । घाइतेको संख्या डेढ सयभन्दा माथि पुगिसकेको छ ।

भूकम्पमा परी गम्भीर घाइते भएका रुकुम–पश्चिमका तीन जनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । उनीहरूलाई नेपाली सेनाको हेलिकप्टरबाट प्रदेश अस्पताल, सुर्खेत लगिएको हो । रुकुम–पश्चिमको आठबीसकोट नगरपालिकाकी उपप्रमुख धनकुमारी शाहीले भूकम्पमा परी आफ्नो नगरपालिकामा मात्र ५२ जनाको मृत्यु भएको बताइन् ।

आठबीसकोटमा ६० जना घाइते भएका छन् । तीमध्ये गम्भीर ३ जनालाई उद्धार गरी कर्णाली प्रदेश अस्पताल, सुर्खेत लगिएको छ । उद्धार र क्षतिको विवरण संकलन जारी रहेकाले मृतक र घाइतेको संख्या बढ्न सक्ने बताइएको छ । गए राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय