बैतडी : गएराति ११ बजेर ४७ मिनेटमा जाजरकोटको बारेकोट गाउँपालिका केन्द्रबिन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्पका कारण बैतडीमा एक घर भत्किएको छ । भूकम्पका कारण बैतडीको दोगडाकेदार गाउँपालिका १ रीम घोरडीका कर्णबहादुर कार्कीको घर भत्किएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

 

घर भत्किँदा कार्कीसहित उनकी श्रीमति ४५ वर्षीया नारु कार्की र ९ वर्षीया छोरी भावना कार्की समान्य घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए। घटनाका विषयमा थप अनुसन्धानका लागि प्रहरी टोली खटिएको बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय