धनगढी, जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा थुनुवाको मृत्यु भएको छ । धनगढी १६ घसिटाका ३१ बर्षीय कृष्णबहादुर सेटीको गएराती मृत्यु भएको हो ।

 

कुटपिटको अभियोगमा कार्तिक २० गते प्रहरीले पक्राउ गरी थुनुवा कक्षमा राखी अनुसन्धान गरिरहेको थियो । बिरामी भएपछि अस्पतालमा लगिएको पछि उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रबक्ता प्रहरी नावय उपरिक्षक कुलदिप चन्दले जानकारी दिए ।

 

कुनै दीर्घकालिन रोग नभएको कृष्णको मृत्यु भएको छानविन गर्न मृतकका दाजु गणेश रोकायाले माग गरेका छन् । २२ गते थुनुवा कक्षमा रहेका कृष्णलाई कपडा समेत दिएर गएको थियौ दाजु गणेशले भने आज २३ गते मृत्यु भएको भनेर प्रहरीबाट जानकारी आएको हो । थुनुवा कक्षमा मृत्युको बारेमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालयका प्रबक्ता प्रहरी नावय उपरिक्षक चन्दले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय