काठमाडौं । सुदूरपश्चिम प्रदेशको बैतडी जिल्लाको दोगडाकेदार गाउँपालिका वडा नम्बर १ रिम गोरङमा जन्मनुभएका लोक देउडा गायक तथा सर्जक सुरेन्द्र बिष्ट आसुँको ठाडी भाका गीत ‘सरर सरर तो तेरि पछ्योउरी उणि गै हावामा’ बोलको नयाँ गीत बजारमा छिट्टै सार्वजनिक हुँदैछ ।

उनको यो नयाँ गीत अलिसा रेकर्डिङ स्टुडियो अत्तरिया कैलालीमा रेकर्ड गरिएको हो ।

केही दिनमै गीत बजारमा ल्याउने तयारी भैरहेको गायक बिष्ट बताउँछन् । ‘सरर सरर तो तेरि पछ्योउरी उणि गै हावामा’ बोलको गीत अलिशा रेकर्डिङ स्टुडियोमा रिकर्ड गरेको ६ महिनाभन्दा बढी भएको र आर्थिक तथा प्राबिधिक समस्याका कारणले गर्दा गीत बजारमा ल्याउन नसकिएको उनले बताए ।

यो गीत पनि ६,७ महिना अगाडि नै रेकर्ड भएको हो, तर आर्थिक अभावका कारण बजारमा सार्वजनिक गर्न नसकेको उनले बताएका छन् । उनले भने, ‘गीतहरु म सगँ धेरै छन् तर आर्थिक अभावकै कारण मैले जति गीतहरु बजारमा ल्याउनुपर्थ्यो त्यति गीतहरु ल्याउन सकिरहेको छैन् ।

उक्त गीतको शब्द सिर्जना र लय/स्वर गायक बिष्टकै रहेको छ, गीतमा कम्मान बिष्ट र बिरेन्द्र बिष्टले बिशेष सहयोग गरेका छन्। कम्मान र बिरेन्द्र अहिले रोजगारीको सिलसिलामा मलेसियामा छन् ।

यस गीतमा नेपालहरुले गरिवीका कारणले परदेशी पर्ने बाध्यता, परदेशमा नेपालीले भोगेको दुःख पीडा र गाउँघरका धेरै कुराहरु समेटिएका छन्।

पछिल्लो समयमा हराएको परम्परागत देउडा गीत पुरानै तरिकाका शब्द, लय र खेललाई समेटेर देउडा गीत बजारमा ल्याउने होडबाजी पछिल्ला वर्षहरुमा एकाएक बढेको छ।

नयाँपुराना पुस्ताका गायकमा देउडा बजारमा ल्याउने लहर चलेको छ। झन्डै एक दशक गीत संगीतबाट ओझेल परेका गायकहरुको निकै व्यस्तता समेत बढेको पाईन्छ । सुदुर र–कर्णाली क्षेत्रमा मात्रै होइन, यो क्षेत्रका बासिन्दा रहने विदेशी भूमिमा उत्तिकै आँसुका गीतहरू बढी चल्ने गरेका छन् ।

देउडा गीत सुनिने क्षेत्रमा समेत यसको प्रभाव घटेको समयमा समेत ‘देउडा जीवित’ राख्न गायक आँसु सक्रिय छन् । देउडा भनेपछि नाक खुम्च्याउने पुस्तालाई सुन्न पल्काउने उनको उद्देश्य छ ।

यस गीतमा प्रदेशीको कथा,ब्यथा र आफ्नै जीवनसँग सम्बन्धित बिषयबस्तु समेटिएको गायक बिष्टले बताए ।यस्तै, उनले एक दर्जनभन्दा बढी गीतहरु यसअघि नै बजारमा ल्याइसकेका छन् । जसमा उनको लोकप्रिय बनेको र सबैले रुचाएको देउडा गीत ‘टालीटुबाटुली कति राम्री फुलमा पुतली’ ‘बनकी दुखी न्याउली चणी’ ‘डाली जोला न्याउला रोला’ लगायत उनका थुप्रै देउडा गीत निकै चर्चित लोकप्रिय पनि छन् ।

 

यस्तै, तीज, दसैँतिहार लगायत लोक दोहारी गीत र पप गीतहरु पनि बजारमा रहेको गायक बिष्टले जानकारी दिए। ‘ओ मेरी काली’ ‘नाच मायालु’ ‘बजाई देउ मादल’ यस्तै लोक दोहारी गीत ‘सिम्प्ल सिम्पल कान्छी’ ‘फेरि घुमि आयो दसै तिहार’ ‘ओ मेरी दिलवाली’ पप गीतहरु लगायत थुप्रै गीथरु बजारमा रहेका बिष्टले बताए।

उनले सुदूरपश्चिमको कला, साहित्य, संस्कृतिको जगेर्ना गर्नेे तथा सुदूरको मौलिकतालाई झल्काउने उद्देश्य लिएको उनको भनाई छ । विगत ३,४ बर्षयता उनी संगीत क्षेत्रमा छन् । उनी यसअघि नेपाली सेनामा काठमाडौं कार्यरत थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय