बैतडी । नाबालिका बलात्कारको आरोपमा बैतडीमा एक नाबालक पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको शिवनाथ गाउँपालिकाका १३ वर्षीय बालक रहेका छन्।

पक्राउ परेका ती नाबालकलाई ८ वर्षीया नाबालिका बलात्कारको आरोप रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी,प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिनुभयो। शुक्रबार बाख्रा चराउन जंगलमा गएका बेला नाबालिकालाई बलात्कार गरेको बताइएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय