काठमाडौं : विश्वकप क्रिकेटमा इंङ्ल्याण्डले पाकिस्तानविरुद्ध सान्त्वना जित निकालेको छ।
जारी क्रिकेट विश्वकपको लिग चरणको खेलको अन्तिम खेलमा इङल्याण्डले पाकिस्तानलाई ९३ रनले पराजति गरेको हो।
इङल्याण्डले दिएको ३३८ रनको लक्ष्य पछाएको पाकिस्तानले ४३ दशमलव ३ ओभरमा अल आउट हुदै २४४ रन मात्र बनाएको थियो।
यो सँगै पाकिस्तान विश्वकपबाट बाहिरिएको छ। पाकिस्तानले यस विश्वकपका ९ खेलमा ४ जित र ५ हार बेहोरेको छ र अंक तालिकामा पाँचौं स्थानमा रहदै विश्वकपको यात्रा टुंगिएको छ।
त्यस्तै इङल्याण्डले यस विश्वकपमा ९ खेलमा ३ जित र ६ हारसहित ६ अंक बटुलेर सातौं स्थानमा रहदै विश्वकप सकेको छ। इङल्याण्ड सेमिफाइनलमा पुग्न नसकेपनि २०२५ मा हुने च्याम्पियन्स ट्रफीमा भने आफ्नो स्थान सुरक्षित गरेको छ।
शनिबार नै भएको पहिलो खेलमा अष्ट्रेलियाले बंगलादेशलाई ८ विकेटले पराजित गरेको छ।
