दार्चुला । नेपाल र भारतको सीमा क्षेत्र एवं काली र गोरी नदीको संगम स्थल जोलजिवीमा सयौ वर्ष पहिलेदेखि लाग्दै आएको मेला शुरु भएको छ । सदियौ पुरानो ऐतिहासिक जोलजीवि मेला, महोत्सव नेपालतर्फ शुक्रबार देखि विधिवत रुपमा भब्यताका साथ शुरु भएको हो । मेलाको सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले उद्घाटन गरेका छन ।
एतिहासिक जोलजिवी “मेला हाम्रो शान,कला संस्कृती र पर्यटन प्रबद्र्धनमा हाम्रो अभियान,, भन्ने मुल नाराका साथ संञ्चालन भएको मेलाको मुख्यमन्त्री शाहले उद्घाटन गरेका हुन ।
नेपाल, भारत र तिब्बत तिन देशको संस्कृति देख्न सकिने जौलजिवी मेलामा सुदुरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज भट्ट, सुदुरपश्चिम प्रदेश उद्योग पर्यटन वन तथा बातरण मन्त्री रमेश सिह धामी जिल्ला समन्वय समिति प्रमुख, प्रमुख जिल्लाका स्थानीय तहका प्रमुख उप प्रमुख, विभिन्न राजनितिक दलका प्रमुख विभिन्न वडाका वडा अध्यक्ष, प्रमुख जिल्ला अधिकारी लगायत सुरक्षा निकायम प्रमुखहरुको सहभागितामा मेलाको उद्घाटन गरिएको हो।
छिमेकी राष्ट्र भारतीय बजार जौलजीविमा सन् १९७५ बाटै सरकारीस्तरबाट मेलाको आयोजना भइरहेको भएपनि नेपालतर्फ विःस २०७५ साल देखि मेला लाग्ने गरेको छ ।
स्थानीय सरकार गठन भएपछि ऐतिहासिक संस्कृति संरक्षण र धार्मिक पर्यटकीय क्षेत्रको प्रचारप्रसारको लागि भन्दै आज भन्दा ६ वर्ष पहिले देखि मेलाको आयोजना गरिदैँ आएको छ ।
सन् १८७१ सालबाट भारतको उत्तराखण्डको जौलजीविमा अस्कोटी राजा पुष्कर पालले जौलजीवि मेलाको सुरुवात गरेको इतिहास छ । जौलजीवि मेला परम्परागत रुपमा व्यापारिक मेलाको रुपमा मनाइदै आएको छ ।
मेलामा गलैचा जडिबुडी, घिउ तेल नुन डोरी तामा, कासालगायतका भाडाकुडाको व्यापार हुँदै आएको छ ।
त्रिदेशीय संस्कृति देख्न सकिने ऐतिहासिक जौलजीवि मेलाबाट जाडोयाममा लगाइने कपडा, घरायसी प्रयोगमा आउने भाडाकुडाहरु किन्ने परम्परा रहेको छ ।
गाउँपालिकाभित्रको भाषा संस्कृति र पर्यटन विकासको लागि गाउँपालिकाले लगाएको मेला एवं महोत्सव मंशिर ११ गते सम्म सञ्चालन हुने आयोजकले जनाएको छ । ११ दिन सम्म चल्ने महोत्सवमा बिभिन्न रमाइलोमय साँस्कृतिक प्रस्तुतिहरुसँगै कलाकारहरु महोत्सवमा आउने भएका छन् ।
महोत्सवमा राष्ट्रिय स्तरमा बिभिन्न बिधामा चर्चाको शिखरमा रहेका कलाकारहरुसँगै सुदुरपश्चिका कलाकारहरुको प्रस्तुति रहने आयोजनकले जनाएको छ ।
मेलामा मालिकार्जुन गाउँपालिकाले यो वर्ष अन्तर वडास्तरिय सास्कृतिक कार्यक्रमको समेत आयोजना गरेको छ । प्रतियोगितामा पालिकाभरीका ८ वटै वडाहरुमा रहेका विभिन्न सांस्कृतिक प्रतिभा तथा कार्यक्रमहरु संञ्चालन हुने गाउँपालिकाले जनाएको छ ।
मेलामा प्रथम हुनेलाई १० हजार, द्धितिय हुनेलाई ८ हजार र तृतिय हुनेलाई ६ हजार पुरुस्कार दिइने छ । पालिकाको तर्फबाट प्रतेक वडालाई व्यवस्थापन खर्च स्वरुप ३० हजार बजेट उपलब्ध गराइएको छ ।
मेला अवधिभर नेपाल भारत जोड्ने जोलजीबी पूल राती साढे १० बजेसम्म खुल्ला गर्ने दुबै देशका स्थानीय अधिकारीहरु विच सहमति भएको छ । भारततर्फ नोभेम्बर १४ तारिख अर्थात गत कार्तिक २८ गते नै भारत उत्तराखण्ड प्रदेशका मुख्यमन्त्री पुस्कर सिह धामीले उद्धघाटन गरिसकेका छन । नेपालतर्फ मेला व्यवस्थापनमा जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट डम्मरदत्त भट्टको टोली खटिएको प्रहरीले जनाएको छ । मेलामा जुवातास पुर्ण रुपमा बन्द गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
