दार्चुला कार्तिक ४ । विशेष परिस्थितिमा सरकारको नेतृत्व कांग्रेस पार्टीले गरेको कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडूले बताउनु भएको छ । नेपाली कांग्रेस जिल्ला कार्यसमिति दार्चुलाद्धारा विहीबार विहान पार्टी कार्यालयमा आयोजित बधाई तथा स्वागत कार्यक्रममा मन्त्री बडूले यस्तो बताए ।
वर्तमान सरकार विशेष परिस्थितिमा बनेको सरकार भएको भन्दै उनले विकास निर्माण देखी लिएर निर्वाचन गराउने र जनताका अपेक्षालाई सम्बोधन गर्ने सम्मका महत्वपुर्ण जिम्मेवारी यो सरकारको काँधमा रहेको बताए । मुलुकमा स्थायी शान्ति भयो भने विकास निर्मांणले ठुलो फड्को मार्ने मन्त्रीले बडूलेको भनाई थियो ।
जनताले कम्युनिष्टहरुलाई पाँच वर्ष सम्म मुलुक संचालन गर्ने जिम्मा दिदा पनि उनिहरु एक आपसमा लडेर जनादेशको अपमान गरे पछि प्रतिपक्षको भुमिकामा बसेको कांग्रेस जनादेशको सम्मान गर्दै सत्ता संचालनमा आएको उनले बताए ।
कांग्रेसले जनादेशको सम्मान गर्दै सरकारको नेतृत्व गरेको तथा कम्युनिष्टहरुबाट बेला–बेला प्रहार भइरहेको संविधानको रक्षा समेत गरेको कानुन मन्त्री बडूले स्पष्ट पारे ।
जनताले कांग्रेस पार्टीं नेतृत्वको सरकारबाट मात्रै विकास र समृद्धिको आस गरेको भन्दै अगामी चुनावमा कांग्रेस पहिलो पार्टी भएर सरकारको नेतृत्व गर्ने निश्चित भएको मन्त्री बडूले ठोकुवा गरे ।
अर्को प्रसंगमा बोल्दै मन्त्री बडूले नेपाली कांग्रेस पार्टीको १४ औ महाधिवेशनमा दार्चुला जिल्लाको नेतृत्व निर्विरोध गरिनु पर्नेमा जोड दिए ।
नेतृत्वका लागी कसैले चुनाव गराउने सडयन्त्र गर्छ भने त्यो पार्टीका लागी ठुलो घात हुने तथा परिणाम ठिक नआउने उनको भनाई छ ।
कांग्रेस संधै एक ढिक्का भएर जुनसुकै परिस्थितिको पनि सामना गर्न सक्ने हुनुपर्नेमा मन्त्री बडूले विशेष जोड दिए ।
ताजा समाचार
लोकप्रिय
© 2025, All right reserved to siddatopikhabar
Made with ❤️ By Gorkhaly Labs