कैलाली : बैतडीमा चितुवाको आक्रमणबाट एक जना घाइते भएका छन् । जिल्लाको दशरथचन्द नगरपालिका–२ ज्वाँकट्टेका ४५ बर्षीय मानसिंह धामी चितुवाको आक्रमणबाट घाइते भएका हुन् ।
सोमबार बिहान घरनजिकैको जंगलमा बाख्रा चराइरहेका धामीमाथि चितुवाले आक्रमणगरी घाइते बनाएको आफन्तले बताएका छन् । चितुवाले आक्रमण गरेको थाहा पाएपछि अन्य गोठालाहरुले मिलेर चितुवालाई धपाएका थिए । धामीको हातमा चोट लागेको र जिल्ला अस्पताल बैतडीमा उपचार गरिएको आफन्त कृष्ण बहादुर बोहराले बताए ।
