धड्कन रोकिएर ढल्नेहरुको,
जिन्दगी सकियो जल्नेहरुको,
जलि रहेको मुर्दा खरानी भयो,
अस्तित्व छ माटोमा गल्नेहरुको,
गरिबको बस्तीमा सुबिधा छैन
काम हेर्नुहोस देश बदल्नेहरुको,
आँखै आगाडी झुट बोल्ने गर्छ्न,
हिम्मत हेर्नुस आँखा छल्नेहरुको,
यात्रा गन्तव्यमा पुगेर रोकिने छ,
लक्ष लिएर निरन्तर चल्नेहरुको,
✍️दिपक बिश्वकर्मा निर्दोष
बैतडी मेलौली ४ तिताबै
