कैलाली : डोटीमा एक जना युवकको शव फेला परेको छ । जिल्लाको दिपायल सिलगढी नगरपालिका९ ५ पुन्नामा शव फेला परेको प्रहरीले जनाएको छ ।
बिज्ञापन

मृत्यु हुनेमा सोही ठाउँका ३० वर्षीय समीर भट्ट रहेको प्रहरीले जनाएको छ । मंगलबार बिहान उनको शव नालीमा भेटिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक राजेन्द्र बहादुर चन्दले जानकारी दिए ।

मृतक भट्टका आफन्तले हत्या गरेर सडकको नालीमा शव फालेको दाबी गर्दै हत्याराको खोजी गर्न आग्रह गरेका छन् । मृतक भट्टको टाउकोमा चोट लागेको छ ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय