दार्चुला कार्तिक ०४ । विभिन्न पार्टी परित्याग गरि कांग्रेसमा प्रवेश गर्नेहरुको ओईरो लागेको छ । जिल्ला सदरमुकाम खलंगामा विहिवार आयोजित कानुन न्याँय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडूको स्वागत तथा वधाई कार्यक्रममा एमाले बडा सदस्यका उम्मेदवार गणेशराम तिवारी सहित दर्जनौ नेता तथा कार्यकर्ताले नेपाली कांग्रेस प्रवेश गरेका छन ।
स्थानिय निर्वाचनका वेला महाकाली नगरपालिकाको वडा नम्वर ७ नेकपा एमाले पाटीवाट वडा सदस्य पदका लागी उम्मेदवार तिवारी सहित वडा नम्वर ८ का देवराम कोली, जोगाराम चुनारा, सुनिता कोली, नरेश राम चुनारा, दानीराम चुनारा, आशा सदाशंकर, मिना निरौला, सरला कुमारी रसाइली, अमृता निरौला, सुस्मा देवी निरौला, लवराज निरौला, पृया निरौला, ईन्द्रकली निरौला र नेकपा क्रान्तिकारी माओवादी नेता वसन्ती निरौला लगायतले आफु आवद्ध पाटी त्याग गरी नेपाली कांग्रेस पाटी प्रवेश गरेको नेपाली कांग्रेस पाटी सचिव हरक सिह विष्टले जानकारी दिए । नेकपा बैध्यका जिल्ला सदस्य एवम स्थानीय निर्वाचनमा महाकाली नगरपालीका वडा नम्वर ४ वडाका वडा सदस्यका उम्मेदवार बिनोद निरौलाले समेत पाटी प्रवेश गरेका छन ।