दार्चुला । दार्चुलामा जेठाजुको हातबाट कुटाइ खाएका एक महिलालाई थप उपचारको लागि धनगढी रिफर गरिएको छ । सोमबार जिल्ला अस्पताल दार्चुलाले जिल्लाको नौगाड गाउँपालिका वडा १ कसाड बस्ने ३० वर्षिया बसन्ती ठगुन्नालाई थप उपचारको लागि धनगढी रिफर गरेको हो । ३० वर्षिया ठगुन्नाको टाउँकोमा गम्भीर चोट लागेपछि थप उपचारको लागि धनगढी रिफर गरिएको जिल्ला अस्पताल दार्चुलाका सुचना अधिकारी डम्मर दत्त भट्टले जानकारी दिनु भयो ।
मंसिर १५ गते राती बसन्ती ठगुन्नाका जेठाजु नाता पर्ने जयराम ठगुन्नाले उनलाई टाउँकोमा हानेपछि उपचारका लागि गएको शनिबार १६ गते घाइते बसन्ती ठगुन्ना जिल्ला अस्पताल दार्चुलामा उपचारका लागि आएकी थिइन । अस्पतालमा उनको उपचार सम्भव नभएपछि थप उपचारका लागि धनगढी रिफर गरिएको सुचना अधिकारी भट्टले बताउनु भयो ।
घाइते भएकी महिलाले १० हजार र महिला सेलबाट ८ हजार गरि एम्बुलेन्स लगेर उनी धनगढी गएकि हुन । यता जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख,प्रहरी नायव उपरीक्षक डिएसपी शिव बहादुर सिंहका अनुसार जेठाजु नाता पर्ने जयराम ठगुन्नालाई पक्राउ गर्न दल्लेख प्रहरी चौकीबाट प्रहरी खटाएको भए पनि उनी फरार रहेको बताएका छन ।
उनले प्रयोग गर्ने फोन समेत अफ गरेकाले पक्राउ गर्न समस्या भएको छ । घरबाट जिल्ला सदरमुकाम जान्छु भनि आएको तर चारैतिर खोजतलास गर्दा समेत फेला पार्न नसकिएको डिएसपी सिंहले बताउनु भयो । पुर्व नेपाली सेनामा कार्यरत रहेका जयराम ठगुन्नालाइ पिडित पक्षले उजुरी नदिएको भए पनि फेला पर्ने वितिक्कै पक्राउ गर्ने प्रहरीले जनाएको छ । पारीवारिक स्रोतले यो झगडा घरको भएको भन्दै मिलाउन खोजेपनि दोषीलाई कानुन अनुसार कारबाहि गर्ने प्रहरीले जनाएको छ । घटनाको बारेमा प्रहरीले थप अनुसन्धान जारी राखेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
