दार्चुला कार्तिक ०४ । जिल्लाको दुहुँ गाउँपालिका वडा नम्वर ४ चिन्चिरी का दिपक बहादुर बम नेतृत्वमा संकलित राहात रकम गाउँपालिकाको खातामा राखिएको छ । नेपाल वाहिर र भित्र गरी राहातका निमित्त उठेको पैसा विहिवार दुहुँ गाउँपालिकाको खातामा राखिएको हो ।
गत भदौ १३ गते रातिको परेको अविरल वर्षाका कारण क्षतविक्षत दुहुँका वाढी पहिरो पिडितहरुको चर्केको घाँउमा थोरै भए पनि मलम लगाउने प्रयास गरेको बमले वताए । आफु देश वाहिर वसेर पनि आफु जन्मेको गाउँ पालिकामा आएको सहि नसक्नु विपत्ति देख्दा थोरै भएपनि सहयोग पुग्ला भन्ने उदेश्यले संकलन अभियान सुरु गरेको र आफु मार्फत मलेसियावाट ५८ हजार ८ सय ७० र अरु देशवाट २४ हजार ६ सय ४० गरी जम्मा ८३ हजार ५ सय १० रुपैया संकलन भएको जानकारी दिए । दुखको वेला सहयोग गरेको भन्दै गाउँपालिकाले बमलाई धन्यवाद दिनु भएको छ ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to siddatopikhabar
Made with ❤️ By Gorkhaly Labs