धनगढी- कैलाली उद्योग वाणिज्य संघले प्रत्येक वर्ष आयोजना गर्दै आएको सुदूरपश्चिम महोत्सवको १७औँ संस्करण सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिउँसो १२बजे उद्घाटनगर्दैछन् ।

प्रधानमन्त्री दाहाल आज  बुद्ध एयरको विमानमार्फत धनगढी आउने र आज साँझनै काठमाडौँ फर्किने उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले बताए।

महोत्सवको उद्घाटन पूर्व शुक्रवार बिहान ८ बजे सहिद गेटबाट प्रभातफेरी कार्यक्रम हुने पत्रकार सम्मेलनमा बताइएको छ। महोत्सव उद्घाटनका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाललाई १० बुँदे मागसहित १० किलोको माला लगाइने आयोजकले जनाएको छ ।

संघले २१ बुँदे मागसहित सुरु गरेको महोत्सवमा हालसम्म झण्डै ११ माग पूरा भएको तथा पूरा हुने क्रममा रहेकाले १० बुँदे माग सहित १० किलोको माला लगाइने कैलाली उद्योग वाणिज्य संघका महासचिव ओमबहादुर विष्टले बताए । उनले भने, ‘हामीले सुरुमा २१ बुँदे माग राखेका थियौँ, अहिले ५ वटा माग सम्पन्न भएका छन्, ६ वटा माग आंशिक रुपमा सम्पन्न भएका छन्, १० वटा माग पूरा हुन बाँकी छन्, त्यसैले यस पटक १० बुँदे मागसहित १० किलोको माला लगाउने तयारी छ ।’ महोत्सवको सुरुवातदेखि नै प्रमुख अतिथिलाई माग बराबरको माला लगाउँदै आएको महासचिव विष्टले बताए ।

महोत्सव अवलोकनको लागि सर्वसाधारणलाई रु। १०० विद्यार्थीलाई रु ५०, र फरक क्षमता भएकालाई निःशुल्क गरिएको महासचिव विष्टले बताए । २०६३ सालदेखि कैलाली उद्योग वाणिज्य संघले महोत्सव आयोजना गर्दै आएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय