काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झन्डै १४ किलो सुन बरामद गरिएको छ। विमानस्थल भन्सार कार्यालयले बिहीबार मध्यरातमा झन्डै १४ किलो सुन बरामद गरेको हो।
फ्लाई दुबईको फ्लाइट एफजेड ५७३ मार्फत बिहीबार राति काठमाडौं आएका चन्द्र घलेलाई ११ बजेर ४० मिनेटमा नियन्त्रणमा लिइएको हो ।
उनको छातीको दाहिने र देब्रे दुवैपट्टि लुकाएर कपडाले बेरेर बिस्कुटजस्तो आकारको र कुल १४ किलोग्राम सुन फेला परेको थियो ।
सोधपुछमा घलेले उक्त सुन विमानस्थलबाट पक्राउ परेका मीनबहादुर घलेकै भएको खुलासा गरेका थिए । पक्राउ परेका दुवैलाई अस्थायी हिरासतमा राखेर कोटेश्वर प्रहरी चौकी पठाइएको छ ।
