धनगढी । सुदूरपश्चिम महोत्सवको चौथो दिन भोली चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने भएको छ । आज चर्चित गायिका एलिना चौहान र गायक उर्गेन डोङले दर्सक हरुलाई रमाइलो गराएका थिए । भोली भने चर्चित लोदोहोरी गायक पुष्कल शर्मा, टेक बीसी र नरेश जोशी आउने कार्यक्रम संयोजक मिलन कुँवरले जानकारी दिए । त्यसैगरी कार्यक्रम उद्घोषण गायीका मञ्जु पौडेल रहने र स्थानीय कलाकारहरुको समेत विशेष प्रस्तुती रहने संयोजक कुँवरले जानकारी दिए ।

मंसिर २२ गते बाट सुरु भएको महोत्सव पुष २ गतेसम्म चल्ने छ । यस बर्षको महोत्सवमा थारु गाउँ ,फोटो प्रर्दशनी , स्थानीय परिकार,कला संस्कृति मुख्य आर्कषण रहेका छन् । महोत्सवको टिकट मोवाइल वालेट खल्तीबाट किन्न सकिने आयोजकले जनाएको छ ।

महोत्सव भित्र रहेको खल्तीको स्टलबाट खल्तीको प्रोमो कोड लगेर टिकट काट्दा हरेक टिकटमा २५ रुपियाँ क्यास ब्याक पाइने बताइएको छ । साधारणलाई रु १०० र विद्यार्थीलाई रु ५० टिकट निर्धारण गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय