कैलाली । कैलालीमा एक ११ वर्षीया बालिका बलात्कृत भएकी छन्। १३ बर्षिय एक बालकले उनलाई बलात्कार गरेको प्रहरीले जनाएको छ।
घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कुलदिप चन्दले जानकारी दिए। स्वास्थय परीक्षण गरेर कानुनी प्रक्रिया अगाडी बढिरहेको उनले बताए।
