धनगढी । सुदूरपश्चिम महोत्सवको पाँचौ दिन आज २६ गते चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने भएको छ । हिजो चर्चित लोदोहोरी गायक पुष्कल शर्मा, टेक बीसी, नरेश जोशी र स्थानीय कलाकार हरुले चर्चित दर्सक हरुलाई रमाइलो गराएका थिए । आज भने चर्चित लोक गायक रामजी खाँड लाइभ दोहोरी गायक श्याम राना र लाइभ दोहोरी गायिका इब्सु सँज्याल आउने कार्यक्रम संयोजक मिलन कुँवरले जानकारी दिए । त्यसैगरी कार्यक्रम उद्घोषण गायीका मञ्जु पौडेल रहने र स्थानीय कलाकारहरुको समेत बेजोड प्रस्तुती रहने संयोजक कुँवरले जानकारी दिए ।

मंसिर २२ गते बाट सुरु भएको महोत्सव पुष २ गतेसम्म चल्ने छ । यस बर्षको महोत्सवमा थारु गाउँ, फोटो प्रर्दशनी , स्थानीय परिकार, कला संस्कृति मुख्य आर्कषण रहेका छन् । महोत्सवको टिकट मोवाइल वालेट खल्तीबाट किन्न सकिने आयोजकले जनाएको छ । महोत्सव भित्र रहेको खल्तीको स्टलबाट खल्तीको प्रोमो कोड लगेर टिकट काट्दा हरेक टिकटमा २५ रुपियाँ क्यास ब्याक पाइने बताइएको छ । साधारणलाई रु १०० र विद्यार्थीलाई रु ५० टिकट निर्धारण गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय