काठमाडौं :  कप्तान सूर्यकुमार यादवको कीर्तिमानी शतक र स्पिनर कुलदीप यादवको घातक बलिङको सहयोगमा भारतले तेस्रो तथा अन्तिम टी–२० आईमा दक्षिण अफ्रिकामाथि १ सय ६ रनको जित हात पारेको छ। योसँगै तीन खेलको सिरिज १–१ को बराबरीमा सकिएको छ।

जितको लागि २ सय २ रनको विशाल विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिका १३ दशमलव ५ ओभरमा ९५ रनमा अल आउट भयो।

दक्षिण अफ्रिकाका डेविड मिलरले सर्वाधिक ३५ रन बनाए। एडेन माक्ररम २५ रन बनाए। अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन्।

भारतका कुलदीप यादवले ५ विकेट लिए। रविन्द्र जडेजाले दुई, मुकेश कुमार र अर्शदीप सिंहले एक एक विकेट लिए।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय १ रन बनायो। भारतका सूर्यकुमार यादवले ५६ बलमा एकसय रनमा अविजित रहे।  यशस्वी जैसवाल ६० र रिंकु सिंह १४ रनमा आउट भए। अन्यले भने राम्रो प्रदर्शन गर्न सकेनन्। दक्षिण अफ्रिकाका केशव महाराज र लिजार्ड विलियम्सले समान दुई विकेट लिए।

पहिलो खेल वर्षाको कारण रद्ध भएको थियो । दोस्रो खेलमा दक्षिण अफ्रिका ५ विकेटले विजयी भएको थियो। अव यी दुई देशबीच तीन ओडिआई र दुई टेस्ट खेलको सिरिज हुनेछ। पहिलो ओडीआई आइतबार हुनेछ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय