प्रेमराज जोशी दार्चुला कार्तिक ०५ । फारवेष्ट एग्रिकल्चर सोलुसन एण्ड टेडिङ नामको कम्पनिले विभिन्न वहानामा जिल्लावाट पैसा उठाएर कर्मचारी अलपत्र परेको छ । छोटकरीमा फास्ट नेपाल नाम गरेर सुदुरपश्चिमको दार्चुला, कञ्चनपुर कैलाली, डोटी र डडेल्धुरा त्यसै गरी वर्दिया, दाङ, काभ्रे र नुवाकोट गरी ९ जिल्लामा कार्यक्रम संचालनका नाममा पैसा उठाई कर्मचारी राखी गायव भएको छ ।

कम्पनि रजिट्रारको कार्यालमा फारवेष्ट एग्रिकल्चर सोलुसन एण्ड टेडिङ प्रा.लि नाम दिई २०७३ असोज ९ गतेमा दर्ता भएको छ । ईजरायल देशको काईमा भन्ने संस्था सँग कृषि र वनको क्षेत्रमा काम गर्ने भनी सम्झौता गरेको र त्यसै अनुरुपमा कार्यक्रम लागु भएको वताईएको छ । दार्चुलावाट ९२ जनालाई गत वर्षको मंसिरमा पहिलो नियुक्ति दिएको भए पनि अहिले सम्म तलव दिएको छैन । वरु उल्टै ९२ जनाले कम्पनीका संचालक सुगम देउवा नाम वताउने मान वहादुर देउवाको खातामा ३३ हजार ३ सयको दरले पैसा वुझाएका छन । एसियन लाईफ ईन्सुरेन्समा जिवन विमा हुने भन्दै पैसा खातामा पठाउन भनेपछि पैसा हाली दिएको दुहुँ गाउँपालिका संयोजक हरमति धामीले वताए ।

अहिले सम्म नत विमाको पोलीसी नै दिएको छ नत तलव खुवाएको छ फोन गर्दा फोन अफ वताउछ धामीले शिद्धटोपी अन्लाईन खवर सँग कुरा गर्दै भनिन । दार्चुला वाट मात्रै ९२ जनाले ३३ हजार ३ सयका दरले सवै रकम मान वहादुर देउवा नामको खातामा जम्मा गरेको उनले वताईन । अहिले उनले जिवन विमको नाममा उठाएको रमकले ओफिसको लागि भनी स्कार्फियो किनेको सुन्नमा आएको वताउनु हुन्छ फिल्ड सहायक रमेश रैखोला ।

दाङ, नुवाकोट, कैलाली र कञ्चनपुरवाट त प्रति किसान ५ सयका दरले पैसा उठाई देउवाको खातामा जम्मा गरेको सुन्नमा आएको फिल्ड सहायक रैखोलाले भने । हामीलाई पनि पैसा उठाउन तिन चार महिना अगाडि भनेको थियो तर तलव नहालेका कारण हामीले किसान कोहि कसैसँग पनि पैसा नउठाएको वताए ।  दार्चुला जिल्लावाट मात्रै देउवाको खातामा ३० लाख ६३ हजार ६ सय रुपैया जम्मा भएको छ ।
जिल्ला संयोजक विनोद धामीले असाजकै २० गते खातमा पैसा आउने वताए पनि अहिले जिल्ला संयोजक धामी नै फोन अफ गरी गायव भएकोले कतै देउवा सँगको मिलेमतो त छैन कि संककाको सुई घुमेको हरमतीले वताइन ।

कम्पनिले भनेजति काम दुध खाने वाच्चा घरमा एक्लै छोडेर पनि गए कृषि समुह गठन, र कृषक नागरीकता देखीका आवश्यक भनेजति कागजपत्र लियाँै तलवको त कुरै छैन उल्टै आफुले ३ प्रतिशतमा ऋण निकालेर दिएको पैसा समेत गायव भयो अर्का कर्मचारी कृष्णा बडालले भनिन ।

दार्चुलाका लागी प्रमुख कार्यालय भनेर जिल्लाको दोस्रो ठुलो बजार गोकुलेश्वरमा राखिएको छ । कार्यालयको भाडा समेत १ बर्षको दिईएको छैन, कार्यालयको भाडा भनेर घरधनीले बारम्वार फोन गरिरहेकोले जिल्ला संयोजक धामीले फोन अफ गरेको हुन सक्ने सहायक जिल्ला संयोजक रैखालाले वताए ।

काठमाडौंको सामाखुसीमा कार्यालय रहेको भन्दै वार्षिक क्यालेन्डर समेत निकालेको कम्पनिले क्यालेन्डरमा उल्लखे गरिएको ओफिसको फोन नम्वर मा फोन गर्दा तपाईले डायल गर्नु भएको नम्वर परिवर्तन भएको छ भन्ने सुनिन्छ । वार्षिक क्यालेन्डरमा उल्लेख गरिएको फोन नम्वर ०१४३५४५५८ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय