सुदुरपश्चिम कात्तिक ०५ । मौलिक जरोकिलो पार्टी, सुदुरपश्चिम प्रदेश समितिले जयसिंह धामीको न्यायको माग गर्दै निम्न ५ बुँदे माग सहित नेपाल सरकारका कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडुलाई ज्ञापनपत्र बुझाएको छ । गृहजिल्ला दार्चुलाको भ्रममा रहनुभएका मन्त्री बडुलाई पार्टीका प्रदेश सदस्य एवम् शैल्यशिखर नगर संयोजक तोयराज जोशीले ज्ञापनपत्र बुझाउनुभएको हो ।
ज्ञापन पत्रमा लेखिएका मागहरू
१.जयसिंह धामीको न्यायको लागि गठित छानबिन समितिको प्रतिवेदन अस्पष्ट छ । जयसिंह धामी बेपत्ता हुनुमा एसएसबीको संलग्नता छ भने निरन्तर हुने गरेको एसएसबीको ज्यादती विरुद्ध कडा प्रतिवाद हुनुपर्यो । विदेशी प्रहरीले निहत्था नागरिकको हत्या गर्ने र नेपाल सरकारले १० लाख दिएर मुख टाल्न खोज्ने हो भने नेपाली जनता सार्वभौमसत्ता सम्पन्न राष्ट्रका नागरिक होईन सिकार आरक्षका जनावर जस्तै हुन्छन् । जयसिंह धामीका परिवार अझै पनि न्यायको प्रतीक्षामा छन् । दोषीलाई कारबाही गर्न आवश्यक कदम चालियोस् ।
२.पिडित व्यक्ति वैदेशिक रोजगारीको क्रममा थिए ।उनका आश्रीत परिवारलाई हातमुख जोर्न समस्या छ । पिडित आश्रीत परिवारलाई स्थानीय निकाय मार्फत रोजगारीको व्यवस्था गरियोस् ।
३. शिलान्यास भएको ३ बर्षसम्म झोलुंगे पुल निर्माण अलपत्र छोड्ने ठेकेदारलाई कारबाहीको साथै यथाशीघ्र झोलुंगे पुल निर्माण गरियोस् ।
४.दुहुँ र व्यास गाउँपालिका लगायतको स्थानहरुमा नेपाल तर्फबाट जाने बाटो छैन।भारतको बाटो प्रयोग गर्दा एसएसबीको ज्यादती भोग्नुपर्ने अवस्था छ । बाटोको अभाव मा अत्यावश्यक वस्तुको अभाव भोग्नुपरेको छ यसर्थ खलंगा( तिंकर सडक खण्डलाई छुट्टै राष्ट्रिय गौरवको आयोजनाको रूपमा घोषणा गरि शिघ्र निर्माण गरियोस् ।
५.कोरोना संक्रमणको कारण विदेशमा रोजगारी गुमाएका युवाहरूलाई स्वदेशमै उद्यमीको रुपमा स्थापित गर्न सुदुरपश्चिम प्रदेशमाूस्टार्ट अप हेल्प डेस्क स्थापना गरेर आधारभुत तालिम र सहुलियतपूर्ण कर्जा सहज व्यवस्थापन गरियोस् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय