प्रेमराज जोशी दार्चुला कात्तिक ०६ । फारवेष्ट एग्रिकल्चर सोलुसन एण्ड टेडिङ नामको कम्पनिले विभिन्न वहानामा जिल्लावाट पैसा उठाएर कर्मचारी अलपत्र पारेको भन्ने समाचारको प्रभाव परेको छ ।
फारवेष्ट एग्रिकल्चर सोलुसन एण्ड टेडिङ प्रा.लि का प्रमुख सुगम देउवा शिद्धटोपी अन्लाईन खवर सँग फोन सम्पर्कमा आई आफु गायव नभएको र काम विशेषले दशैको वेला भारत गएका कारण फोन सम्पर्क विहिन वन्न पुगेको प्रतिक्रिया दिएका छन ।
लामो समयको कोभिड १९ को वन्दा वन्दीले कम्पनिले कुनै पनि काम नभएको र मङसिर दोस्रो सातवाट कम्पनिको उदेश्य अनुरुप काम हुने र कर्मचारीले तलव पाउने वताए ।
मार्च १ मा सवै कर्मचारीलाई नियुक्ति दिएको भन्दै लकडाउनको ३÷४ महिनाको तलव सुचना निकाले रै दिन नसकिने जानकारी गराईसकेको र वाकी महिनाको तलव कर्मचारीले पाउने उनले वताए ।
कम्पनिको खातामा नभई ब्याक्तिगत खातामा किन पैसा हाल्न लगाउनु भयो भनी पत्रकार जोशीले वुझ्दा देउवाले आफ्नो खातामा पैसा जम्मा गर्नुको पछिको कारण मा कम्पनिको लेखापाल आफ्नो आमा विरामीका कारण भारत गएको र कम्पनिको नभई आफ्नो खातामा पैसा हाल्न लगाएको र मेरै खातामा सवै कर्मचारीको पैसा आएको स्विकारेका छन ।
जिवन विमा हुने भनी खातामा पैसा हाल्न लगाईएको हो मैले उनीहरुवाट आएको पैसाले आफुले स्कार्फियो किनेको छैन जिवन विमा कम्पनीलाई सवै कर्मचारीहरुको पैसा र कागजपत्र वुझाएको छु मंसिर दोस्रो साता सवै कर्मचारीहरुको हातहातमा फाईल पुग्ने देउवाले वताए ।
यो कार्यक्रम देश र विदेशवाट समन्वय भएर लागु भएको भन्दै कम्पनिले कर्मचारीलाई तोके वमोजिमको सेवा सुविधा हुने देउवाले वताए ।
दार्चुला जिल्लावाट मात्रै देउवाको खातामा ३० लाख ६३ हजार ६ सय रुपैया जम्मा भएको र सोही वरावरको रकम एसियन लाईफ ईन्सुरेन्स कम्पनिलाई वुझाएको भन्दै कोरोनाका कारण कम्पनिले पनि ढिलो गरेको जानकारी दिए । नेपालमा यो कम्पनिले कृषि र वनको क्षेत्रमा काम गर्ने उनले वताए ।

छोटकरीमा फास्ट नेपाल नाम गरेर सुदुरपश्चिमको दार्चुला, कञ्चनपुर कैलाली, डोटी र डडेल्धुरा त्यसै गरी वर्दिया, दाङ, काभ्रे र नुवाकोट, काभ्रे सिन्धुपाल्चोक र रामेछापमा कार्यक्रम लागु भएको छ । एक कर्मचारीको हकमा ३ महिना भित्र २० वटा समुह बनाउनु पर्ने तर दार्चुलावाट कोहि कसै कर्मचारीवाट २० समुह गठन नभएको उनले प्रष्ट पारे । दार्चुला जिल्ला संयोजक विनोद धामी सँग आफ्नो पनि फोन सम्पर्क नभएको र सम्पर्कमा ल्याउने प्रयास भैरहेको देउवाले वताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय