धनगढी । कलाकार बिष्णु ऐडीको वियोगान्त “ स्वर्ग भेट होला कि“ गितको भिडियो सार्बजनिक गरिएको छ। शुक्रबार धनगढीमा एक कार्यक्रम को आयोजना गरि भिडियो सार्बजनिक गरिएको हो। बरिस्ठ देउडा गायक नरेन्द्रराज रेग्मी ले भिडियो प्ले गरेर सार्बजनिक गरेका हुन् ।
ऐडीले आफ्नी स्वर्गीय धर्म पत्नी उज्वला देबी ऐडीको सम्झनामा गित निर्माण गरेका हुन। उज्वला को मोटरसाइकल दुर्घटनामा परी निधन भएको थियो । सुदुर धमाका युटुब च्यानल बाट उक्त भिडियो सार्बजनिक भएको हो। भिम थापा नायक ले सृजना गरेको उक्त गितको भिडियो निर्देशन भिम थापाले गरेका हुन्।
गितमा प्रकाश थापा र गौरी भट्ट ले स्वर दिएका छन्। गित मा अभिनय रोजी कुँवर र बिष्णु ऐडीले गरेका छन्। ऐडी नेपाली काँग्रेस बझाङका युबा नेता तथा तरुण दलका केन्द्रिय सदस्य समेत हुन्।
