धनगढी । केएमसी शृजनशिल क्लबको आयोजनामा निबन्ध लेखन प्रतियोगिता सम्पन्न भएको छ।

क्लबको मासिक कार्यक्रम अन्तरगत उक्त कार्यक्रमको आयोजना गरिएको थियो। प्रतियोगितामा प्रथम स्थान शिवराज उपाध्यायले हासिल गरेका हुन् भने, द्धितीय स्थान निर्मल भण्डारीले हासिल गरेका हुन्।

यस्तै निबन्ध लेखन प्रतियोगितामा तृतीय स्थान किरन कुमारी बुचामगरले हासिल गरेकी छिन्। यस्तै अम्बीका महरले सान्तोना पुरस्कार प्राप्त गरेको केएमसी क्लबकी अध्यक्ष निर्मला भट्टले बताइन्।
निबन्ध लेखनको विषय भ्रष्टाचार नियन्त्रणमा युवाको भुमिका रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय