दार्चुला कात्तिक ०६ । राष्ट्रिय प्रजातन्त्र पार्टी दार्चुलाले जिल्लाका नौ वटै स्थानिय तहहरुमा समिति गठन गर्दै लागेको छ । पार्टीले जिल्ला अधिवेशन सम्पन्न गरेका जिल्लाहरुका स्थानिय तहहरुमा समिति गठन गर्ने कार्य गरिरहेको जिल्ला अध्यक्ष बिर सिंह बडालले जानकारी दिए ।
पार्टी केन्द्रीय कार्यालयको निर्णय अनुसार राप्रपाले शनिवार जिल्लाको लेकम गाउँपालिकामा पालिका ईकाइ समिति गठन गरेको छ ।
लेकममा गणेश सिंह बोहराको अध्यक्षतामा पालिका ईकाइ समिति गठन गरिएको जिल्ला अध्यक्ष बडालले बताए । पालिका ईकाइ समितिको उपाध्यक्षमा कम्मान सिंह बोहरा, सचिवमा राम दत्त भट्ट, कोषाध्यक्षमा जयन्ती भट्टलाई चयन गरिएको उहाले जानकारी दिए । लेकममा १५ सदस्यीय पालिका ईकाइ समिति गठन गरिएको राप्रपा जिल्ला कार्यसमिति दार्चुलाले जनाएको छ ।
ताजा समाचार
लोकप्रिय
© 2025, All right reserved to siddatopikhabar
Made with ❤️ By Gorkhaly Labs