धनगढी। बझाङमा एक युवक मृत्यु फेला परेका छन् । मष्टा गाउँपालिका– ४ घर भई हाल सदरमुकाम चैनपुरमा डेरा गरि बस्दै आएका २२ बर्षिया कलक कठायतको बिष सेवनका कारण मृत्यु भएका जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । आईतबार साँझ साढे आठ बजे आफ्नै कोठामा मृत अवस्थामा भेटिएपछि मृतकका दाई सुशिल कठायतले प्रहरीलाई खबर गरेका थिए ।

खबर पाए लगत्तै जिल्ला प्रहरी कार्यालय बझाङका सुचना अधिकारी प्रहरी निरिक्षक दिपेश चौधरी नेतृत्वको टोली घटनास्थल पुगेको थियो । मृतक कठायतको शव नजिक कमान्डो जिङ्क र जी सुनामी लेखेको बिषादीको खाली बट्टा भेटिएको सुचना अधिकारी दिपेश चौधरीले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भैरहेको बझाङ प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय