धनगढी। कैलालीको अत्तरियामा पुस २६ गतेदेखि सुदूरपश्चिम प्रादेशिक महोत्सव सञ्चालन हुने भएको छ । अत्तरिया उद्योग वाणिज्य संघको आयोजनामा पुस २६ गतेदेखि माघ ७ गतेसम्म महोत्सव सञ्चालन हुने भएको हो।

बुधबार अत्तरिया उद्योग वाणिज्य संघले पत्रकार सम्मेलनको आयोजना गर्दै पुस २६ गतेदेखि महोत्सव सञ्चालन गर्ने जानकारी दिइएको छ । अत्तरिया उद्योग वाणिज्य संघका महासचिव शंकर खड्काले महोत्सव अत्तरियाको लामिताल परिसरमा आयोजना गरिने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय