काठमाडौं : १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। बुढानीलकण्ठ नगरपालिका-२ भंगाल डेरा गरी बस्ने उदयपुर घर भएका दिल बहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ।
तामाङले ती किशोरीलाई भंगालस्थित कालिका पार्कमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीले शुक्रबार उनलाई पक्राउ गरेको हो। प्रहरीले घटनाको आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
