धनगढी: ललितपुरको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका २१ वर्षीय सुजन रावतको मृत्यु भएको थियो। त्यही घटनालाई लिएर वीरेन्द्र शाहका आफन्त र समाजसेवी हरुले धनगढीमा प्रदर्शन गरेका थिए। धनगढी चौराहाबाट सुरु भएको दबाब र्‍यालीमा उपस्थित सबैले धनगढीमा रहेको मुख्यमन्त्री कार्यालय घेराउ समेत गरेका थिए तस्तै अछाममा पनि नाराबाजी गर्दै प्रदर्शन गरेका थिए।

त्यस्तै विरोध र्‍यालीमा उपस्थित मृतकका बुवा पुष्प शाहले आफ्नो माग सुनवाई नभएसम्म छोराको लास नउठाउने समेत जानकारी दिए। उनले आफ्ना १०वटा माग सुनुवाई सरकारले गर्नुपर्ने यदि नगरेको खण्डमा छोराको लास नउठाउने समेत उनले बताए। उनले भने हामीले आफ्नो माग पूरा न हुँदा सम्म हामी लास बुझ्ने छैनौं भनिसकेका छौ।

के हुन् त उनी हरूका माग?
१। सरकारको मातहातमा न भै उच्च स्तरीय समिति मानव अधिकार आयोग लगायत अन्य अन्तर्राष्ट्रिय निकायको समिति गठन भई दोषीलाई कडा भन्दा कडा कारबाही गरियोस्।

२। आदेश दिने निकायहरु गृहमन्त्री,वैदेशिक रोजगार तथा श्रम मन्त्री, सीओडी, ईपीयस का प्रमुख, आन्दोलनका कमाण्डरहरु सहित गोली प्रहार गर्नेलाई कारबाहीको कठघरामा नल्याए सम्म हामी लास नबुझ्ने।

३ क्षति पूर्ति न भै हामीलाई न्याय चाहिन्छ। यदि न्याय दिन सकेन भने हाम्रो आन्दोलन सशक्त रूपमा अगाडि बढाउने छौँ।

४। आन्दोलन के कारणले भयो? किन भयो? गोली चलाउनु पर्ने अवस्था थियो कि थिएन? विद्यार्थी माथि गोली कुन संविधानको प्रहार गर्नु कुन बुँदामा लेखेको छ।

५। गोली न चलेको भनी अपवाह फैलाउने काम हामीलाई
स्वीकार्य छैन यसको जवाफ देहि सरकारले आफैले हुनुपर्ने छ।

६।सिसी टिभी फुटेज आफन्तले समेत हेर्न पाउने अधिकार हुनु पर्ने।

७। नजिकैको हस्पिटल छोडेर किन लगियो घण् मिनेट टाढा हुने पाटन हस्पिटल?

८। हामीले क्षति पूर्ति,रोजगार र सहिद घोषणा आस नगरी हामी न्यायको लागि अडीक भएका छौं र रहने पनि छौँ।

साँझसम्म माग पूरा नभएको खण्डमा भोलिबाट चक्काजाम र सडक बन्द गर्ने समेत मृतकका बुवाले बताए बताए।

तस्तै यसअघि रावतको प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा प्रदर्शनकारीले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाको राजीनामाको माग गर्दै प्रदर्शन गरेका थिए। उनीहरूले मृतक युवाहरूलाई सहिद घोषणाको माग गरेका छन्। त्यस्तै पीडित परिवारलाई उचित शिक्षा, स्वास्थ्य, लालन पालनको सम्पूर्ण ग्यारेन्टी राज्यले गर्नुपर्ने उनीहरूको माग छ।

प्रदर्शनकारीले गोली हान्न आदेश दिने ललितपुरका तत्कालीन प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित र प्रहरी प्रमुख एसएसपी सिद्धिबिक्रम शाहलाई बर्खास्त गर्न समेत माग गरेका छन। वैदेशिक रोजगार विभागअन्तर्गतको इपीएस कोरिया शाखाको एउटा हचुवा निर्णयका कारण शुक्रबार दुई युवकको ज्यान गएको थियो। मंसिर १९ गतेदेखि आन्दोलनरत युवामध्ये १८ जनालाई मात्रै आवेदन भर्न इपीएस शाखाले बिहीबार आह्वान गरेपछि अन्य युवाहरू भड्किए पछि तनाव सुरु भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय