दार्चुला कात्तिक ०७ । दुहुँ गाउँपालिकामा भाद्र १३ गते राति परेको अविरल बर्षाका कारण क्षतविक्षत भएका परिवारहरुको लागि आर्थिक सहयोग संकलन भैरहेको छ । यसैविच आईतवार धन सिह धामी नेतृत्वमा संकलित राहात रकम गाउँपालिकाको खातामा जम्मा गरिएको छ ।
दुहुँ गाउँपालिका वडा नम्वर २ हिकिला वस्ने समाजसेवी धनसिह धामी नेतृत्वमा मलेसियावाट संकलित राहात रकम २७ हजार १ सय ३१ रुपैयाँ गाउँपालिकाको खातामा जम्मा गरिएको छ ।

बैदेशिक रोजगारीको शिलसिलामा मलेसिया रहनु भएका धामीलाई १३ जना ब्याक्तिहरुलाई सहयोग प्राप्त भएको छ ।
बैदेशिक रोजगारीको शिलसिलामा आफ्नो भौतिक शरिर बिदेशमा रहेको भए पनि मन गाउँमै रहेको भन्दै थ्रोरै भएपनि पिडीतको चर्काेको घाँउमा मलम लगाउने प्रयास गरेको उनले वताए । दुःखको वेला सहयोग गरेको भन्दै धामी लगायत सहयोगी हातहरुलाई गाउँपालिकाले धन्यवाद दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय