काठमाडौं : भारतका विदेशमन्त्री एस.जयशंकर बिहीबार बिहान नेपाल आउँदै छन्।

परराष्ट्र मन्त्रालयका अनुसार उनी नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा सहभागी हुन नेपाल आउन लागेका हुन्। बैठक बिहीबार काठमाडौंमा हुँदैछ।

यहाँ रहँदा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गर्नेछन्। ​उनले प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुसँग पनि भेटवार्ता गर्ने तय भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ।

विदेशमन्त्री जयशंकरको टोली शुक्रबार भारत फर्किनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय