धनगढी: चर्चित गायक गोपाल दयालको स्वरमा रहेको मार्मिक देउडा गीत ‘संगै रिन चर्को’ सार्वजनिक भएको छ। गीतमा इन्दिरा साउदको शब्द सिर्जना रहेको छ। ऋण लागेपछि घरमा हुने अवस्थाको चित्रण गीतको भिडियोमा देखाइएको छ। सर्जक साउदले ऋण लागेपछि घरमा हुने दुःखलाई शब्द मार्फत दर्शकमाझ ल्याउने प्रयास गरेको बताइन्।
गीतमा संगीत संयोजन नारायण दङ्गालले गरेका छन् भने मनोज परियारले मिक्स मास्टर गरेका छन्। उक्त मार्मिक देउडा गीत सुदूरको कला संस्कृति जोगाउन लागेका युवा प्रकाश कलौनी र मनोज प्रसाद भट्टको युट्युब च्यानल सुदूर खबर वान बाट सार्वजनिक भएको छ। गीतको भिडियो छायांकन रबी भट्टले गरेका छन् भने गीतमा सर्जक साउदले नै अभिनय गरेकी छिन्
