दार्चुला । केदारनाथ बचत तथा ऋण सहकारी संस्था लिमिटेड दार्चुलाको संचालक समिति अध्यक्षमा किसन सिंह कुवर सर्वसम्मत चयन हुनु भएको छ । संस्थाको १८ औं वार्षिक साधारणसभा तथा ७ औं अधिवेशनबाट कुवरको अध्यक्षतामा ७ सदस्यीय संचालक समिति गठन गरिएको सहकारीका कार्यकारी प्रमुख धनराज जोशीले जानकारी दिनुभयो । शनिबार (आज) संस्थाको उद्घाटन सत्र समापन पस्चात चलेको बन्दसत्र मार्फत कुवरको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरिएको उहाले बताउनुभयो ।
समितिको उपाध्यक्षमा शर्मिला कुवर, सचिवमा जमन सिंह महरा, कोषाध्यक्षमा ममता अवस्थी सर्वसम्मत चयन हुनु भएको छ । समितिको सदस्यहरुमा हरक सिंह बडाल, द्रोपती जोशी र अमर बहादुर बम चयन हुनु भएको छ । यस्तै आजै संस्थाको लेखा सुपरिवेक्षण समिति समेत गठन गरिएको छ । संस्थाका सेयर सदस्य दुर्गा दत्त भट्टको संयोजकत्वमा ३ सदस्यीय सुपरिवेक्षण समिति गठन गरिएको छ । समितिको सदस्यहरुमा लिला जोशी र लोक बहादुर बम रहनु भएको छ ।
