दार्चुला कात्तिक ०७ । जिल्लाकै सर्वाधिक धनराशी भएको स्वर्गीय विरपल परुली धामी स्मृति वडा स्तरिय महिला तथा पुरुष भलिबल संचालन हुने भएको छ । यहि कात्तिक २२ गते देखी खेल सञ्चालन हुने भएको छ । आयोजना जनहित युवा समाज र महादेव वाल क्लव नौगाड १ लक्सेरीले गर्ने भएको छ ।
पुरुष तर्फको सर्वाधिक धनराशीको पुरष्कार प्रथम तर्फ १ लाख १ हजार १ सय ११ रुपैया राखिएको छ भने द्धितिय ७५ हजार ५ सय ७५ र तृतिय ५० हजार ५ सय ५५ राखिएको छ ।
महिला तर्फ भने प्रथम पुरस्कार २५ हजार, द्धितिय २० हजार र तृतिय १५ हजार रहेको महादेव वाल क्लवका अध्यक्ष जवन सिह डडालले जानकारी दिए ।
आर्थिक स्रोत अधिबक्ता प्रेमसिह धामी (प्रताप) वाट २ लाख रुपैया प्राप्त भएको छ । यो प्रतियोगिता धामीका आमा वुवाको सम्झनामा विगत केहि वर्ष देखी संचालन हुदै आईरहेको छ ।
टिम दर्ता शुल्क पुरुष तर्फ ८ हजार र महिला तर्फ २ हजार ५ सय रहेको अध्यक्ष डडालले जानकारी दिए । स्थानिय खेलाडीहरुलाई प्रोत्साहन गर्ने र महिला तथा युवा हरुको खेल प्रति आर्कषण बढाउने उदेश्यले संचालन हुन लागेको वताईएको छ । जनहित युवा समाज लक्सेरीको खेलमैदानमा खेल हुने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय