प्रेमराज जोशी दार्चुला कात्तिक ०७ । जिल्लाको  उत्तरी क्षेत्रमा पर्ने दुहुँ गाउँपालिकामा बञ्जिजम्प सहितको बहुउद्देश्यीय झोलुङ्गे पुल निर्माणको कार्य सम्पन्न भएपनि गाउँपालिका लाई हस्तान्रण भएको छैन ।
बञ्जिजम्प सहितको बहुउद्देश्यीय झोलुङ्गे पुलको लोड टेस्ट भएपछि मात्रै गाउँपालिकाले लिने र पुर्ण भुक्तानी दिने गाउँपालिका जनाएको छ ।
भाई टिका लगत्तै ट्राइल ब्रीज युनिट काठमाण्डौँको टोली आउने र लोड जाँच गरी भार थेग्न सक्ने वा नसक्ने वारे पत्ता लाग्ने जनाइएको छ ।
गाउँपालिकाको कालागाड खोला माथी वडा नम्वर १ पिपलचौरी खर्रा र वडा नम्वर ५ चल्लेगाडा जोड्ने गरी निर्माण सम्पन्न भएको बहुउद्देश्यि झोलुङ्गे पुलको लम्बाई ३ सय ७२ मिटर छ, भने १ सय ९० मिटर उचाई रहेको गाउँपालिकाका अध्यक्ष पुलेन्द्र बहादुर कार्कीले जानकारी दिए ।
गाउँपालिकाको आर्थिक सहयोग र ट्राइल ब्रीज युनिट काठमाण्डौँ, हेल्बटास नेपाल तथा समाज कल्याण समाजको प्राविधिक सहयोगमा पुल निर्माण सम्पन्न भएको हो ।
गाउँपालिकाको २ करोड १७ लाख र अन्य सम्पूर्ण प्राविधिक सहयोग हेल्बटास तथा सामाज कल्याण समाजको रहेको थियो ।
हेल्बटासको प्रतिनिधिका रुपमा समाज कल्याण समाजले पुल निर्माणमा प्राविधिक सहयोग गरेको थियो । गाउँपालिकाले झोलुंगे पुल दुई वडालाई जोड्ने मात्रै नभई पर्यटकहरुलाई लोभ्याउने पर्यटकीय गन्तब्य बन्ने अपेक्षा लिइएको छ ।

सम्भवतः देशकै दोस्रो लामो झोलुंगे पुल र जिल्लाकै पहिलो लामो झोलुंगे पुल बनाउन निर्माण भएकाले पर्यटकीय गन्तब्य बन्ने अपेक्षा गरिएको छ । १ सय ९० मिटर उचाईमा रहेको उक्त झोलुंगे पुल बन्जीजम्प सहितको भएकाले आन्तरिक तथा बाह्य पर्यटक भित्रिने अपेक्षा गरिएको छ । झोलुंगे पुल निर्माण पश्चात साहसीक खेल बञ्जीजम्पको लागी समेत उपयुक्त सम्भावना सहित सुदुरपश्चिम प्रदेश सरकारको वन वातावरण तथा पर्यटन मन्त्रालयमा योजनाको विस्तृत प्रतिवेदन (डिपीआर) तयार गरेर पेश गरिएको अध्यक्ष कार्कीले बताए ।  पुल निर्माण सम्पन्न पछि सो क्षेत्रका करीव ४ हजार जनसंख्या लाभान्वित भएको गाउँपालिकाले जनाएको छ ।

पुल निर्माण भएको स्थानमा निकै कडा खालको चट्टान रहेको र गहिरो गल्छी भएका कारण बञ्जीजम्पको लागी उपयुक्त मानिएको प्राविधिकको भनाइ छ । जिल्ला सदरमुकाम खलंगाबाट गाडीमा एक घण्टाको दुरीमा रहेको उक्त क्षेत्रमा पुल निर्माण पश्चात आवतजावत सुरु भएकाले पुल हेर्न र फोटो सेसन गर्न अहिले आन्तरीक पर्यटकहरुको घुँईचो लागेको छ । बञ्जीजम्प सञ्चालनमा आए समग्र दार्चुलाको पर्यटनमा महत्वपुर्ण भुमिका निर्वाह गर्ने अध्यक्ष कार्कीले वताए ।

बञ्जीजम्प सञ्चालनको लागी केन्द्र र प्रदेश सरकार सँग योजना माग गरिएको अध्यक्ष कार्कीले वताए । निजि क्षेत्र द लास्ट रिसोट सँग पनि प्रारम्भिक वार्ता भएको र पुल गाउँपालिकालाई हस्तान्तरण हुने वित्तिकै हेर्न आउने र कुराकानी हुने कार्कीले वताए । निजि क्षेत्रले संचालन गर्ने भएपछि पालिकाले लिजमा दिने अध्यक्ष कार्कीले वताए । पर्यटकीय गन्तब्यको रुपमा लिइएको बन्जीजम्प सहितको झोलुंगे पुलसम्म पक्की वाटोको सुविधा र अन्य व्यवस्थापन गर्नुपर्ने आवश्यकता रहेको छ ।


तस्विर नरेन्द्र कार्की

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय